बलिउड अभिनेता रणवीर कपुरले विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन्। विवादास्पद अभिनेता संजय दत्तको बायोपिक 'सन्जु'बाट सफलता बटुलेसँगै उनले लिदैं आएको पारिश्रमिक बढाएका हुन्।
उनले प्रतिविज्ञापन ३ देखि ३.५ करोड भारू लिदैं आएकोमा त्यसलाई बढाएर ६ करोड पुर्याएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले अबका केहि सातामा कयौं विज्ञापन खेल्ने बताइएको छ। रणविर हाल एसियन पेन्टस, पेप्सी, पानासोनिक, रेनल्ट, फ्लिपकार्ट, माक्रोम्यान, साभव तथा हिरोकर्प जस्ता ब्रान्डसँग जोडिएका छन्।
पारिश्रमिक दोब्बर पारे पनि रणवीर भारतका महत्वपूर्ण सेलिब्रेटीको कोटीमा भने पर्दैनन्। 'ब्रान्ड भ्यालु'का हिसाबले भारतमा हाल क्रिकेटर विराट कोहली ९१२ करोड भारूका साथ अग्रस्थानमा छन् भने उनलाई ६७८ करोड भारूसहित शाहरूख खान र ५९५ करोड सहित दीपिका पादुकोणले पछ्याइरहेका छन्।
रणविर अभिनित 'सन्जु'ले हालसम्म विश्व व्यापीरूपमा ५०० करोड भारूको कमाइलाई पार गरिसकेको छ।