तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिबीको ६३ औं जन्मदिनको पूर्वसन्धयामा उनी पछिल्लो फिल्म 'से रा नरसिम्हा रेड्डी' टिजर रिलिज गरिएको छ।
बुधबारबाट उनी ६३ वर्ष लागेका हुन्।
सार्वजनिक फिल्मको टिजरमा उनलाई एक योद्धाको रूपमा पेस गरिएको छ। टिजरमा उनलाई सन् १८०० मा अंग्रेज बिरूद्ध लड्ने एक योद्धाको रूपमा प्रस्तुत गरिएको छ।
फिल्म उजयलवाडा नरसिम्हा नामक भारतका स्वतन्त्रता सेनानीको जीवनीमा आधारित रहेको छ।
सुरेन्दर रेड्डीको निर्देशनमा बनेको फिल्ममा नयनतारा, अमिताभ बच्चन। जगपति बाबु, खिच्चा सुदिप, विजय सेतुपति, तमन्ना भाटिया आदिको अभिनय रहेको छ।