बलिउड अभिनेत्री काजल यतिबेला 'हेलिकप्टर इला'को सुटिङ्मा व्यस्त छिन्। दुई दशकदेखि बलिउडमा सक्रिय एवम 'दिलवाले दुलहनिया ले जायेगे', कुछ कुछ होता है' तथा 'माइ नेम इज खान' जस्ता फिल्ममा अभिनय गरेकी काजोलले जीवनको सुरूमा उनमा अभिनेत्री बन्ने चाहना नभएको बताएकी छन्।
हालै एक पोडकास्ट अन्तरवार्तामा उनले आफू किन अभिनेत्री बन्न नचाहेकी हुन भन्नेबारेमा खुलाएकी थिइन्।
'वास्तवमा म अभिनेत्री बन्न चाहन्नथे । मलाई अभिनेत्रीका लागि दिइने पारिश्रमिकमा चित्त बुझ्दैनथियो। मलाई पारिश्रमिक मेहेनत अनुसारको नपाउने लागिरहन्थ्यो। मेरी आमाले कडा मेहेनत गरिरहेकी थिइन तर पारिश्रमिक त्यो अनुसार थिएन', काजोलले भनिन।
काजोलकी आमा तनुजा समरथ आफ्नो समयकी चर्चित नायिका हुन्।
आमाको यस्तो अवस्था देखेके कारण काजोलले आफ्नी आमालाई काम गरेको महिना सकिएको अन्तिम दिन नै पैसा पाउने काममा जोडिन खोजेको बताउने गर्थिन्।
त्यो समयमा काजोलमा यस्ता सोच आएपनि आखिरमा काजोल सन् १९९२ मा 'बेखुदीं' फिल्मबाट बलिउड छिरिन्।
उनले हाल सुटिङ् गरिरहेको 'हेलिकप्टर ईला'मा उनी एक महत्वाकाक्षीं गायिका एवं एकल आमाको भूमिकामा छिन्।
अक्टुबर १२ मा रिलिज हुने फिल्मलाई उनका पति अजय देवगनले निर्माण गरेका हुन्। फिल्मका निर्देशक प्रदिप सरकार हुन्।