बलिउड अभिनेता वरूण धवन तथा अभिनेत्री अनुष्का शर्मा अभिनित पछिल्लो रिलिज 'सुई धागा' बक्सअफिसमा सुपरहिट भएको छ।
फिल्मले रिलिजको ३ तीनमा आफ्नो लगानी उठाउँदै मुनाफा कमाएको छ।
फिल्मले तीन दिन ३६.५ करोड भारूको कमाइ गरेको भारतिय संचारमाध्यमले जनाएका छन्। फिल्म ३० करोडको लागतमा बनेको हो।
रिलिजको दिन ८ करोड भारू कमाएको फिल्मले शनिबार ११.५ करोड र आइतबार १६ करोडको कमाइ गरेपछि सुपरहिट भएको हो।
कुल २२ सय पर्दामा रिलिज भएको फिल्मले गान्धी जयन्तीको बिदाको भरपुर फाइदा उठाउने विश्वास लिइएको छ। फिल्म यस वर्ष सर्वाधिक ग्रस कमाइ गर्ने १० फिल्मको सूचिमा सूचिकृत भइसकेको छ।