पछिल्लो समय भारतमा विभिन्न क्षेत्रका हस्तीमाथि यौन उत्पीडनको आरोप सतहमा आइरहेको छ। यसमा बलिउडका चर्चित अनुहारको नाम सार्वजनिक भयो, जसमा टेलिभिजन हुँदै फिल्ममा प्रवेश गरेका सुशान्त सिंह राजपुतको नाम पनि मुछियो।
उनीमाथि 'किजी और मैनी'को सेटमा सहकर्मी कलाकार संजना संघीमाथि दुर्व्यवहार गरेको समाचार सार्वजनिक भयो। यस आरोपको सुशान्तले तुरून्तै खण्डन गरे। उनले संजनासँग गरिएको च्याटको स्क्रिनसट सार्वजनिक गर्दै घटना बयान गरिएको जस्तो सत्य नभएको बताए।
मंगलबार संजनाले पनि आफूमाथि दुर्व्यवहार भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएकी छन्।
फिल्मको सेटमा सुशान्तले अत्याधिक घुलमिल गर्न खोजेको प्रयासबाट उनले असहजता महशुस गरेको खबर सार्वजनिक भएको थियो।
'लामो अमेरिका भर्मणपछि फर्कदा मैले निराधार रिपोर्टहरू पढे, जसमा 'किजी और मेनी'को सेटमा मसँग दुर्व्यवहार गरिएको कुरा बताइएको रहेछ। म, मसँग त्यस्तो कुनै कुरा नभएको स्पष्ट पार्न चाहन्छु। यस्ता झुठा कुरालाई बन्द गरौं', संजनाले ट्वीट गरेकी छन्।
दुबै कलाकार 'द फ्ट इन आवर स्टार्स'को हिन्दी संस्करण 'किजी और मैनी'मा प्रमुख भूमिकामा छन्।
स्मरण रहोस्, यस फिल्मका निर्देशक मुकेश छाबडांमाथि थुप्रै महिलाहरूले यौन शोषणको आरोप लगाएपछि उनलाई भने फिल्मबाट निकालिएको छ।