बलिउड फिल्म 'बधाई हो'ले रिलिज भएको पहिलो सातामा नै आफूलाई सुपरहिट सावित गरेको छ।
२० करोड भारूको लागतमा निर्माण भएको आयुष्मान खुर्राना, निना गुप्ता, सान्या मल्होत्रा अभिनित फिल्मले रिलिजको पाँच दिनमा ५१.३५ करोड भारतिय रूपैयाँ कमाइ गरेपछि फिल्म सुपरहिट भएको भारतिय संचारमाध्यमले जनाएका छन्।
साताको समाप्तीमा फिल्मले ६५ करोडको कमाइ गर्ने अनुमान बलिउड फिल्म व्यापार विश्लेषकले गरेका छन्।
फिल्मले रिलिजको दिन बिहिबार ७.२९ कमाइ गरेको थियो भने शुक्रबार ११.६७ करोड कमाइगर्दा शनिबार र आइतबार क्रमश १२.६० करोड तथा १३.५० करोड कमाइ गर्यो। त्यस्तै फिल्मले सोमबार ५.६५ करोड कमाएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन्।
सो फिल्मभन्दा एकदिन पछि शुक्रबार रिलिज भएको अर्जुन कपुर तथा परिणिति चोपडा स्टारर 'नमस्ते इंग्ल्याण्ड' भने फ्लप भएको छ।
फिल्मले बिबाह गर्ने उमेर पुगेगी सन्तानकी आमा गर्भवती भएपछि सामाजिक तथा पारिवारिक अवस्थाको कथा पेस गर्छ।
फिल्मलाई अमित शर्माले निर्देशन गरेका हुन्।