शाहरुख खान तथा कालोज अभिनित 'दिलवालें दुल्हनिया ले जायेंगे'ले नियमित सार्वजनिक प्रदर्शनको १२ सय हप्ता पूरा गरेको छ।
फिल्मले बुधबार मुम्बईंस्थित मराठा मन्दिरमा प्रदर्शनको १२ सय हप्ता अर्थात २३ वर्ष पूरा गरेको हो।
सन् १९९५ मा रिलिज भएको फिल्मले २३ वर्ष पूरा गरेपछि फिमका मूख्य अभिनेता शाहरूख खानले ट्वीटरबार सबैलाई आभार व्यक्त गरेका छन्।
'२३ वर्ष अगाडी सुरू भएको यो यात्रा आज पनि जारी छ। तपाईहरूको मायाले राज तथा सिमरनको प्रेमलाई ठूलो पर्दामा १२०० सातासम्म जीवित राखेको छ। यतिका वर्ष हामीलाई बिनासर्त माया गरेकोमा धन्यवाद। 'डिडिएलजे'को २३ वर्ष...', शाहरूखले ट्वीटरमा लेखेका छन्।
त्यसैगरी सो फिल्म 'सिमरन'को भूमिकामा अभिनय गरेकी नायिका काजोलले पनि ट्वीटरबाट धन्यवाद दिएकी छन्।
'१२०० साता पूरा भयो र यो अझै जारी छ। 'डिडिएलजे'लाई यतिका वर्षसम्म माया दिएकोमा धन्यवाद। 'डिडिएलजे' कयौं वर्षदेखी हामीका लागि त्यही थियो, त्यही छ र हमेशा एउटा खास फिल्म रहनेछ', काजोलको ट्वीटरमा लेखिएको छ।
यस फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन्।
यो फिल्म भारतित फिल्म इतिहासमा सर्वाधिक हप्तासँग चलेको फिल्म हो। फिल्म सन् १९९५ २० अक्टुबरमा रिलिज भएको थियो।