भारतका वरिष्ठ पत्रकार विनोद कापडीको निर्देशनमा तयार भएको नयाँ सिनेमा 'पिहु'को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा २ वर्षिया बालिकालाई ट्रेलरभर देकाइएको छ। सार्वजनिक भएको ट्रेलर दर्शकलाई आङ जिरिङ पार्ने किसिमको रहेको छ।
ट्रेलरमा फ्ल्याट एक्ले परेकी एक बालिकाको अवस्था देखाइएको छ। फिल्म एक वास्तविक घटनामाथी बनेको हो।
सामाजिक थ्रिलर फिल्मको श्रेणीमा राखिएको यस फिल्मले भारत र भारतबाहिर थुप्रै अवार्ड जितिसकेको छ।
ट्रेलरमा दर्शकहरूले उत्साहजनक प्रक्रिया जनाइरहेका छन्। फिल्मल इरान, भ्यानकुवर, पाम स्प्रिङ्स, मोरोक्को तथा जर्मनीमा भएका फिल्म समारोहहरूमा प्रशंसित भइसकेको छ।