रिलिज अगाडी भयंकर नै होला जसरी प्रचारित फिल्म 'ठग्स अफ हिन्दोस्तान' रिलिजको दोश्रो दिनबाट नै नराम्ररी पछारिन पुग्यो। समीक्षक र दर्शकबाट लामो समयदेखि तारिफ पाउँदै आएका आमिर यसपटक रिलिजको पहिलो शो देखि आलोचनाको सिकार भए।
रिलिज अघि फिल्म आमिर, अमिताभ बच्चन तथा यशराज फिल्मस् जस्ता ठूला नामका कारण फिल्मले नयाँ केहि गर्ने आँकलन गरिएको थियो तर फिल्म त्यसको विपरित निस्कियो।
फलस्वरूप ३०० करोड भारूको बजेटमा तयार भएको फिल्म सुपरफ्लप भयो।
फिल्मले जम्मा १४६ करोड भारू मात्र कमाउन सक्यो । फिल्मको यो कमाइ आमिरका अघिल्ला फिल्मका अगाडी लज्जास्पद नै हो।
पछिल्लो दशकमा बलिउडले यस्तो हालत भोगेका फिल्म नदेखेको होइन। थुप्रै कहलिएका स।टारका फिल्म रिलिज अगाडी सर्वाधिक चर्चामा रहेपनि रिलिजपछि भने वक्सअफिसमा नराम्ररी थाचारिएका छन्। त्यस्ता १० फिल्मको सूचि यस्तो छः

१) युवराज (२००८)
निर्देशक – सुभाष घई
एक्टर्स – सलमान खान, कटरीना कैफ, अनिल कपूर, मिथुन चक्रवर्ती, जाएद खान
बजेट – ४८ करोड
कमाइ – १६ करोड

२) गुज़ारिश (२०१०)
निर्देशक – संजय लीला भंसाली
कलाकार – ऋतिक रौशन, ऐश्वर्या राय बच्चन, आदित्य रॉय कपूर
बजेट – ७४ करोड
कमाइ– ४० करोड

४) जोकर (२०१२)
निर्देशक – शिरीष कुंदर
कलाकार – अक्षय कुमार, सोनाक्षी सिन्हा, श्रेयस तलपड़े, संजय मिश्रा, मिनिषा लांबा
बजेट – ४७ करोड
कमाइ – २० करोड

४) ज़ञ्जीर (२०१३)
निर्देशक – अपूर्व लखिया
कलाकार – रामचरण तेजा, प्रियंका चोपड़ा, संजय दत्त, प्रकाश राज
बजेट – ६७ करोड
कमाइ– ३७ करोड

६) एक्शन-जैक्सन (२०१४)
निर्देशक – प्रभुदेवा
कलाकार – अजय देवगन, सोनाक्षी सिन्हा, यामी गौतम, कुणाल रॉय कपूर, मनस्वी ममगई
बजेट – १०० करोड
कमाइ– ५० करोड

६) बॉम्बे वेल्वेट (२०१५)
निर्देशक – अनुराग कश्यप
कलाकार – रणबीर कपूर, अनुष्का शर्मा, सत्यदीप मिश्रा और करण जौहर
बजेट – १२० करोड
कमाइ– ४३ करोड

७) मोहन जोदड़ो (२०१६)
निर्देशक – आशुतोष गोवारिकर
कलाकार – ऋतिक रोशन, पूजा हेगड़े, कबीर बेदी
बजेट – ११५ करोड
कमाइ– ५३ करोड

८) रंगून (२०१७)
निर्देशक – विशाल भारद्वाज
कलाकार – सैफ अली खान, शाहिद कपूर, कंगना रनौत
बजेट – ८० करोड
कमाइ– ४१ करोड

९) जग्गा जासूस (२०१७)
निर्देशक – अनुराग बासु
कलाकार – रणबीर कपूर, कटरीना कैफ, सौरभ शुक्ला
बजेट – १३१ करोड
कमाइ– ८३ करोड

१०) नमस्ते इंग्लैंड (२०१८)
निर्देशक – विपुल अमृतलाल शाह
कलाकार – अर्जुन कपूर, परिणीति चोपड़ा,
बजेट – ५५ करोड
कमाइ– ८ करोड