टेलिभिजन तथा फिल्ममा संस्कारी बाबुको भूमिकाका लागि चर्चित अभिनेता आलोकनाथ विरूद्ध यौन उत्पीडनको मुद्धा हालेकी भारतीय स्क्रिप्ट लेखक-निर्देशक विनिता नन्दाले आफूलाई गरेको यौन उत्पीडनका लागि आलोकनाथले 'अलिकति मात्र पश्चाताप गरेमा' माफी दिन तयार भएको बताएकी छन्।
उनले आलोकनाथका विरूद्ध बलात्कार गरेको उजुरी प्रहरीमा दर्ता गरेकी छन्।
उनले आगामी दिनमा कुनै पनि महिलामाथि आलोकनाथले दुर्वयवहार नगर्ने आफ्नो विश्वासका कारण माफी दिन तयार भएको जनाएकी छिन्।
'म यो बदलाको लागि कहिल्यै तयार थिइन। म यसमा सुधार चाहन्छु, बदला होइन। केहि पश्चाताप देखाउ, मलाई पछुतोको केहि संकेत देखाउ' उनले भनिन्, 'मलाई यो थाहा देउ की मलाई जस्तै अर्की महिलासँग यस्तो गर्नेछैनौ। यतिबेला मैले लज्जाहिनता तथा चुनौती दिने शैली देखिरेहेको छु। यदि यस्तै गरी जाने हो भने म अन्तिमसम्म न्यायका लडिरहनेछु।'
मंगलबार उनले आलोकनाथविरूद्ध उजुरी दर्ता गराएकी हुन्। उनले 'मिटु' अभियानले समग्र राष्ट्रलाई नागरिकप्रतिको कर्तव्यबोध गराएको बताएकी छिन्।