निशा नुर नाम सुन्दा खास परिचित नाम लाग्दैन् तर सन् ८० को दशकमा उनी दक्षिण भारतिय फिल्मकी एक चर्चित हिरोइन थिइन्।
उनको चर्चा यस्तो थियो, रजनीकान्त तथा कमल हसन जस्ता सुपरस्टार उनीसँग काम गर्न चाहन्थे। केही फिल्ममा निशाले उनीहरूसँग काम पनि गरिन्। यति हुँदाहुँदै पनि निशाले जो स्थान प्राप्त गर्नुपर्थ्यो त्यो पाउन सकिनन्।
एक निर्माताका कारण उनको जीवनले कहालीलाग्दो यात्रा र मृत्युलाई आत्मसाथ गर्नुपर्यो। एक निर्माताले उनलाई धोकापूर्ण तरिकाले वेश्यावृतिको दलदलमा धकेले जसले उनको जीवन नर्क बन्न पुग्यो।
उनी वेश्यावृतिको दलदलमा षडयन्त्रपूर्ण ढंगले परेपछि फिल्म सारा उद्योग उनीबाट पर पर भयो।
तत:पश्चात उनले फिल्म उद्योग छाडिन्। उनको जीवनले त्यसपछि कहालीलाग्दो बाटो तय गर्यो। उनको अबस्था खराब भयो। उद्योगका कोई उनलाई सोध्न खोज्न आएनन्।
फिल्मबाट टाढिएपछि निशाको आर्थिक अवस्था नराम्ररी खस्कियो। जीवनका अन्तिम दिनहरूमा अवस्था यस्तो आयो कि उनी सडकमा आइपुगिन्। सडकमा नै उनले जीन्दगीको आखिरी सासहरू फेरिन्। नाजक हालतमा सडकमा आएकी उनलाई मानिसहरूले अस्पताल लगे।
अस्पताल लगेपछि उनलाई एड्स भएको पत्ता लाग्यो। सन् २००७ मा उनले जीवनसँग हारिन्। जीवनको अन्तिम अवस्था मानिसहरूले उनलाई दरगाहमा भेट्दा उनको शरिरमा स्याउस्याउती किराहरू चलमलाइरहेको अवस्थामा पाएका थिए।
यस अवस्थामा नै उनको जीवनको इहलिला समाप्त भयो।