बलिउड अभिनेता रणवीर सिंह हालै अभिनेत्री दीपिका पादुकोणसँग विवाहबन्धनमा बाँधिएका छन्। रणवीर बलिउडमा इमानदारिता र मित्रताको लागि परिचित छ। यस कुरालाई उनले उनकी दिदी रितिका भवानीले दिएको भोजमा पेरि प्रमाणित गरेका छन्।
नजिकका साथी तथा पारिवारिक मित्रहरूको उपस्थिति रहेको सो भोजमा उनले आफ्नी नवविवाहिता पत्नी दीपिका पादुकोणलाई विशिष्ट परिचय दिए।
'महिला तथा सज्जनवृन्द, मैले संसारकै सबैभन्दा सुन्दरी महिलासँग बिहे गरे', उनले भने ' आजको रातमा तपाईंहरूको उपस्थितिले हामी असाध्यै खुशी छौं। यो विशिष्ट रात हुनेछ। तपाईहरू कति जना हुनुहुन्छ। हामी यहाँ आउने अभूतपुर्व भविष्यको खुशीयाली मनाउन उपस्थित भएका छौ.. तपाईहरू र म।'
सो भोजमा दीपिकासँग रणविर जोडदार तरिकाले नाचेका थिए।
रणवीर र दीपिकाको विवाह उत्सव अझै सकिएको छैन। उनीहरू मुम्बईमा आफ्ना परिवार र सातीहरूका लागि दुई वटा भव्य भोज दिदैछन्। सो पार्टी नोभेम्बर २८ र डिसेम्बर १ मा हुँदैछ। उनीहरूले लेक कोमामा नोभेम्बर १४ र १५ मा विवाह गरेका थिए।