यसअघि आमिर खानले खेल्ने भनेर तय भएको फिल्ममा शाहरुख खानले अभिनय गर्ने भएका छन्।
प्रथम भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित फिल्म 'सारे जहाँ से अच्छा' खेल्न सुरूमा आमिर राजी भएका थिए तर आमिर महाभारतको सिनेमा संस्करणमा लाग्ने भएपछि उनले सो फिल्म छाडेका हुन्।
अन्जुम राजाबाली लिखित फिल्मलाई महेश माथाइले निर्देशन गर्दैछन्। सोमबार एक कार्यक्रममा आमिरले सो कुरा सार्वजनिक गरेका हुन्।
राजाबलीले आमिर अभिनित सुपरहिट फिल्म 'गुलाम' लेखेका थिए।
'मेरो विचारमा त्यो अदभूत र महान स्क्रिप्ट हो। फिल्म गर्न नपाएकोमा म दुखी छु। त्यही कारणले मैले शाहरुखलाई फोन गरेर यो कथा सुन्नुपर्छ भने। म खुशी छु उनले कथा मन पराए र त्यसमा उनी काम गर्दैछन्। फिल्मका लागि शुभकामना।, आमिरले भने।
फिल्म अगामी वर्ष फेब्रुवरीबाट फ्लोरमा जाँदैछ।