'माइ नेम इज लखन' गीतबाट चर्चा बटुलेका वरिष्ठ भारतिय गायक मोहम्मद अजिजको मंगलबार निधन भएको छ। उनको मुम्बईस्थित नानावटी अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको हो। उनले हिन्दी, बंगाली तथा ओडिया फिल्मका करिब दुई हजार गीत गाएका छन्।
हृदयघातबाट उनको निधन भएको हो।
बंगाली फिल्म 'ज्योति'बाट गायन यात्रा सुरू गरेका अजिजले सन् १९८४ मा 'अम्बर' फिल्ममा स्वर दिदैं बलिउड पार्श्वगायनमा प्रवेश गरेका थिए। अनु मल्लिकले उनलाई 'मर्द टाङ्गेवाला ' फिल्मबाट ठूलो ब्रेक दिएको मानिन्छ। उनले बलिउडका ठूला स्टारका लागि स्वर दिएका छन्।
'माइ नेम इज लखन' का अलावा 'टिन टिना टिन', 'तेरी बेवफाईंसे सिकवा', मितवा भूल ना जाना', 'लाल दुपट्टा मलमलका' जस्ता गीत श्रोतामाझ चर्चित रहेका छन्।
उनले सन् ८० र ९० को दशकमा गाएका थुप्रै गीत हाल पनि चर्चित नै छन्।