रजनीकान्त तथा अक्षयकुमार अभिनित साइफाइ सिनेमा '२.०'ले विश्वव्यापीरूपमा आक्रमक सुरूवाती व्यापर गरेको भारतिय संचारमाध्यमले जनाएका छन्।
इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार फिल्मले विश्वव्यापी रूपमा ४०० करोड भारूको कमाइ गर्न सफल भएको छ।
चर्चित भारतिय वक्सअफिस विश्लेषक रमेश बालाले आफ्नो ट्वीटरमा फिल्म ४ दिनमा सो कमाइ गरेको जनाएका छन्।
फिल्ममा रजनीकान्तले वैज्ञानिक तथा ह्युमोनोइड रोबर्टको भूमिकामा अभिनय गरेका छन्। शंकरको निर्देशनमा बनेको फिल्ममा अक्षयकुमार फिल्म खलनायकको भूमिकामा अभिनय गरेका छन्।
फिल्मले हिन्दी भर्सनमा मात्रै झण्डै ९५ करोडको व्यापार गरेको छ।