रणवीर सिंह स्टारर 'सिम्बा'को ट्रेलर रिलिज भएको छ। फर्मूला एक्सन ड्रामा फिल्मको ट्रेलरमा अभिनेता सिंहलाई एक भ्रष्ट प्रहरी अधिकारीको भूमिकामा देखाइएको छ।
फिल्ममा रणवीरको जोडी सारा अलि खान बनेकी छिन्। यसैगरी सोनु सुद फिल्ममा प्रमूख खलनायकको रूपमा देखिनेछन् भनेर अजय देवगनलाई विशेष भूमिकामा देखिनेछन्।
फिल्म सन् २०१५ मा बनेको एनटिआर अभिनित हिट फिल्म 'टेम्पर'मा आधारित रहेको छ।
'सिम्बा' रणवीर र निर्देशक रोहितको पहिलो फिल्म सहकार्य हो। यसअघि दुबैले एक विज्ञापनका लागि सहकार्य गरेका थिए।
फिल्मलाई रोहितले करण जोहर तथा अपूर्व मेहतासँग मिलेर संयूक्तरूपमा निर्माण गरेका हुन्।
फिल्म २८ डिसेम्बरमा रिलिज हुनेछ। दीपिकासँग विवाह गरेपछिको यो रणवीरको पहिलो फिल्म हो।