धेरैले बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको वजनलाई लिएर आलोचना एवम् उडाउने गर्छन्। तर हालै एक पत्रिकाको मुखपृष्ठमा छापिएको तस्वीरमा उनी आजसम्म नदेखिएको फिटनेसमा देखिएकी छन्।
यसले उनको वजनलाई लिएर टिप्पणी गर्नेको मुख बन्द गर्ने देखिएको छ।
३१ वर्षिया 'दबंग' अभिनेत्रीले 'कस्मोपोलेटियन' को डिसेम्बर संस्करणका लागि खिचाएको तस्वीरमा उनको फिटनेस गज्जबको देखिएको छ।
सो तस्वीरमा उनले रोहित गान्धी तथा राहुल खन्नाको डिजाइनमा रहेको निलो रंगको सुइट लगाएकी छन्।
सोनाक्षी सिन्हा हाल अक्षयकुमारसँग 'मिसन मंगल'को सुटिङमा व्यस्त रहेकी छन्। यसैगरी उनी आलिया भट्सँग 'कंलक' तथा 'दंबग'को तेश्रो श्रृखंलामा सलमान खानसँग यसै वर्ष देखिनेछिन्।
