गत साता रिलिज भएको बलिउड सिनेमा 'केदारनाथ'ले वक्सअफिसमा उत्साहजनक व्यापर गर्यो। सिनेमाबाट डेब्यू अभिनेत्री सारा अलि खानले धेरैको मन जितिन्। सिनेमाले पहिलो साता २७ करोड भारूको सुरूवाती व्यापार गरेको छ।
कामका लागि तारिफ बटुलेकी बलिउड अभिनेत्री अमृता सिंह तथा सैफ अलि खानकी पुत्रीका लागि बलिउड डेब्यू सहज भने थिएन। उनले त्यसका लागि ३० केजी वजन कम गर्नुपर्यो जसका लागि उनले अमेरिकामा डेढ वर्ष समय खर्चिइन्।
आफ्नी आमाजस्तै देखिने सारा अध्ययनका क्रममा अमेरिका पुगेपछि अस्वभाविक मोटाइन्। उनको तौल ९६ केजी पुगेको थियो तर सपना अभिनेत्री बन्ने थियो।
यो वजनका साथ अभिनेत्री बन्ने सपना कोशौ दुर थियो। आफ्नो नायिका बन्ने सपना आमा अमृतालाई सुनाएपछि आमाले छोरीलाई तौल घटाउन सुझाव दिइन् साराले त्यसलाई गंभिरताका साथ लिइन्।

डेढ वर्षमा उनले यति दुब्लाईनकी छोरी लिन एयरपोर्ट पुगेकी अमृताले आफ्नै छोरीलाई चिन्न सकिनन्। उनले छोरीलाई अनुहारबाट नभइ उनले ल्याएको सुटकेसबाट मात्र चिनिन्।
'मलाई एयरपोर्टमा मेरो सुटकेसका कारणमात्र छोरी भनेर चिन्नुभयो। म बिल्कुले फरक देखिएकी थिएँ', एक अन्तरवार्तामा साराले भनेकी छिन्।
३० किलो तौल घटाएपछि सारा चिन्नै नसकिने भएकी थिइन्। उनी फिट र अझै सुन्दर भइसकेकी थिइन्।

सिनेमामा आउनुअघिको उनको तस्विर हेर्दा जोकोहीलाई उनी तीनै सारा हुन् भनेर पत्याउनै गार्हो पर्छ।
'केदारनाथ'बाट डेब्यू गरेकी सारा यसै महिनाको अन्त्यमा रणवीर सिंहको जोडीका रूपमा 'सिम्बा'मा देखिनेछिन्। सो सिनेमा डिसेम्बर २८ मा रिलिज हुँदैछ।
