भारतीय राज्य तेलाङगनाको राजश्व विभागले तेलेगु सुपरस्टार अभिनेता प्रभासको गेस्ट हाउस नियन्त्रणमा लिएको छ।
हैदरवादबाहिर रायादुर्गममा रहेको सो गेस्ट हाउसलाई सोमबार नियन्त्रणमा लिइएको हो। गेस्ट हाउस सरकारी जग्गामा निर्माण गरिएको दाबी गर्दै सरकारले नियन्त्रणमा लिएको हो।
सरकारले करिब ८४ एकड जग्गा सरकारी भएको ठहर गरेपछि कब्जामा लिइएको हो। सो जग्गा सरकारी भएको करिब एक महिना अगाडी अदालतले प्रमाणित गरेको थियो।
सरकारले जग्गा कब्जा लिएपछि प्रभास हैदराबादको उच्च अदालत पुगेका छन्।