शुक्रबार रिलिज हुने शाहरूख खान स्टारर 'जिरो'ले पहिलो दिन भारतीय वक्सअफिसमा ३० करोड भारूको व्यापार गर्ने अनुमान भारतीय वक्सअफिस विश्लेष्कहरूले गरेका छन्।
आनन्द एल राय निर्देशित सिनेमामा शाहरुखसँगै क्याटरिना कैफ, अनुष्का शर्माको प्रमूख भूमिका रहेको छ।
यस्तै सिनेमाले ३ दिनमा १०० करोडको आँकाडा पार गर्ने अनुमान छ। विश्लेषकहरूका अनुसार त्यसपछि भने सिनेमाको स्तरमा व्यापार भर पर्ने बताइएका छन्।
शाहरुखसँगै यस मितिमा कन्नड सिनेमा 'केजिएफः च्याप्टर १' पनि रिलिज हुने भएकाले यसले पनि उसको व्यापारमा प्रभाव पार्ने देखिएको छ भने सिनेमा नियमित शुक्रबार रिलिज हुनेहुँदा 'जिरो'ले 'ठग्स अफ हिन्दोस्तान'को जस्तो व्यापार नगर्ने बताइएको छ।
त्यसपछि लगत्तैको शुक्रबार 'सिम्बा' रिलिज हुने हुँदा 'जिरो'को लागि सहज नहुने पनि विश्लेष्कहरूले बताएका छन्।