सन् २०१८ मा बलिउड बक्सअफिस राजकुमार राव, विक्की कौशल, आयुष्मान खुर्राना जस्ता कलाकारहरू अभिनित सिनेमाको बक्सअफिस कमालसँगै सलमान खान, आमिर खान तथा शाहरूख खानजस्ता स्टारको असफल संघर्षको प्रत्यक्षदर्शी बन्यो।
यसबारेमा सोमबार एक कार्यक्रममा 'स्त्री' अभिनेता राजकुमार रावले आफ्नो धारणा राखेका छन्। उनले वक्सअफिसमा कन्टेन्टका कारण स्टारहरू जन्मिएकोमा खुशी व्यक्त गरे।
योसँगै उनले २५ वर्षदेखी बलिउडमा आफ्नो प्रभूत्व जमाइरहेका बलिउड सुपरस्टारहरूको बारेमा टिप्पणी गरिहाल्नु हतारो हुने बताए।
'उनीहरूलाई कसैले छुन सक्दैन्। उनीहरू सुपरस्टार हुनुको कारण छ। विगत ३० वर्षदेखि उनीहरूको प्रभूत्व छ। एक-दुई सिनेमाले कुनै कारणले काम गरेनन् तर म उनीहरूलाई माया गर्छु र उनीहरू प्रति मेरो अगाध सम्मान छ', रावले भने।
'हो यस वर्ष, गत वर्ष र वितेका केहि वर्षमा कन्टेन्टले महत्व पाइरहेको छ। म त्यसलाई लिएर खुशी छु। त्यस्ता सिनेमामा कथा नै सिनेमाको महत्वपूर्ण कडी हो। हाल यो भइरहेको छ। कलाकारहरू चरित्रमा अभिनय गरिरहेका छन्। उनीहरू प्रत्येक सिनेमामा आफू हैन पात्र खेलिरहेका छन्। यो स्वागतयोग्य परिवर्तन हो', राव थपे।
बितेका दुई वर्षमा कन्टेन्यूक्त सिनेमाका कारण राव चम्किइरहेका छन्। 'न्यूटन', बरेलीकी वर्फी' र स्त्री' जस्ता सिनेमामा काम गरेका रावले अबका वर्षहरूमा पनि यस्तै सिनेमाले ठाँउ पाओस् भन्ने चाहना व्यक्त गरेका छन्।
'म प्रत्येक वर्ष मेरो होस् भन्ने चाहिरहेको छु। प्रत्येक वर्ष सिनेमाको वर्ष होस्। म हाम्रा सिनेमाहरू हिडिरहेको अवस्थालाई लिएर खुशी छु। हामी साँच्चै नै सुन्दर सिनेमा बनाइरहेका छौ र मानिसहरूले त्यसलाई मनपराइरहेका छन्। उनीहरू दुःख गरेर कमाएको पैसाले यस्ता सिनेमाहरू हेरिरहेका छन्। म यस्तै होस् भन्ने चाहन्छु।'