साउथ सुपरस्टार रजनीकान्त अभिनीत नयाँ सिनेमा ‘पेटा’को ट्रेलर सार्वजनिक भएको छ ।
सिनेमामा रजनीकान्तका अलवा नवाजद्दिन सिद्दीकी, तृषा, बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको मुख्य भुमिका रहेको छ ।
नवाजद्दिन भिलेनको बनेको सिनेमा अर्को वर्ष जनवरी १० तारिखमा रिलिज हुँदैछ ।
कार्तिक शुभराजको लेखन तथा निर्देशन रहेको सिनेमामा रजनीकान्तलाई १९९० को दशकको युवाको भुमिकामा देख्न सकिन्छ ।
‘पेटा’मा रजनीकान्त र सिमरा बाग्गाको लभ रोमान्स र एक्सनलाई विशेष फोकस गरिएको छ । दर्शकले रजनीकान्तको ग्याङस्टार लुक्सलाई मन पराउनेमा निमार्ण टिम ढुक्क छ ।
सिनेमामा रजनीकान्त 'काली' नामक पात्रको भूमिकामा अभिनय गरेका छन्।