यसै वर्ष अभिनेता रणवीर सिंहसँग विवाहवन्धनमा बाँधिएकी अभिनेत्री दीपिका पादुकोणले रणवीरसँग ४ वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खुलासा गरेकी छन्।
हालै 'फिल्म फेयर' पत्रिकाई दिएको अन्तरवार्तामा दीपिकाले सो खुलासा गरेकी हुन्। उनीहरूले यसै वर्ष अकट्ुबरमा मात्र आफ्नो सम्बन्धाई औपचारिक रुपमा स्वीकार गरेका थिए।
यससँगै दीपिकाले आफू र रणवीरले सन् २०१२ बाट नै एकअर्कालाई डेट गर्न थालेको पनि बताएकी छन्। 'राम लिला'को सुटिङताका नै प्रेममा परेको पनि सो अन्तरवार्तामा उनले बताएकी छिन्।
गत अक्टुबरमा दीपिकाले 'कफी वीथ करण'मा आफूहरूको सम्बन्ध ६ वर्षदेखि जारी रहेको बताएकी थिइन्।
योसँगै दीपिकाले सुपरहिरो सिनेमामा काम गर्न लागेको पनि खुलाएकी छन्। उनले स्क्रिप्टमा काम भइरहेको जानकारी दिइन्।
हाल उनी विक्रान्त मासेको 'छपाक' सिनेमाको सुटिङ् तयारीमा छिन्।