कन्नड सिनेमा 'केजिएफः च्याप्टर वान'ले विश्वव्यापीरूपमा सय करोड भारूको कमाइ गर्न सफल भएको छ। भारतिय सिनेमाका व्यापार विश्लेष्क श्रीधर पिल्लैइले सो जानकारी दिएका हुन्।
सिनेमाको हिन्दी डबले भारतिय वक्सअफिसमा शाहरुख खानको 'जिरो'लाई कडा टक्कर दिएको भारतीय संचारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन्।
डब संस्करणमा सिनेमाले एक सातामा करिब २२ करोडको कमाइ गरिसकेको छ। कुनै क्षेत्रिय भाषाको डब सिनेमाको हिसाबले यो कमाइ उच्च भित्र पर्दछ।
सिनेमालाई हिन्दीमा फरहान अख्तर, रितेश सिधवानी र विशा डडलानीले वितरण गरेका हुन्।
सन् ७० र ८० को दशकको परिदृश्यमा एक ग्याङ्स्टरको कथा भन्ने सिनेमाले समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाएपनि दर्शकबाट भने राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
कन्नड भाषामा बनेको सर्वाधिक बजेटको सिनेमा करिब २४ सय पर्दामा रिलिज भएको थियो। शुक्रबार 'सिम्बा' रिलिज भएकाले सिनेमाको व्यापार कस्तो हुनेछ भन्नेमा सबैको नजर रहेको छ।
सिनेमाले नेपालमा पनि राम्रो कमाइ गरिरहेको बताइन्छ।