आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले चीनमा पनि जादु चलाउन असफल भएको छ।
घरेलु वक्सअफिसमा नराम्रो आलोचना खेपेको सिनेमा शुक्रबार चीनमा रिलिज भएको छ । चीनमा पनि यसअघि आमिरका सिनेमाले पाउँदै गरेको सफलता पाउन सकेन।
सय करोड बढीमा किनिएको सिनेमाले पहिलो दिन १०.७७ करोड मात्र कमाउन सक्यो । यो कमाइ आमिरका ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’को तुलनामा ‘ठग्स अफ हिन्दोस्तान’को कमाइ निक्कै कम हो ।
विजयकृष्ण आचार्य निर्देशित फिल्ममा आमिरका अलावा कट्रिना कैफ, अमिताभ बच्चन, फातिमा सना शेखको पनि मुख्य भूमिका छ ।