बंगाली सिनेमाबाट भारतीय समानान्तर सिनेमालाई अन्तराष्ट्रिय उचाइ दिएका चर्चित निर्देशक मृणाल सेनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ।
उनले कोलकातास्थिति निवासमा जीवनको अन्तिम सास फेरेका हुन्। उनी केहि समयदेखि गम्भिर विरामी रहेको भारतीय संचारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन्।
उनी भारतका चर्चित निर्देशक हुन्। उनले अधिकाशं बंगाली भाषामा सिनेमा बनाएका छन्।
सन् १९५५ मा 'रातभोर' नामक पहिलो फिचर सिनेमा बनाएका सेनले 'नील आकाशेर नीचे' सिनेमाबाट चर्चा बटुले। 'बाइशे श्रावण' सिनेमाबाट अन्तराष्ट्रिय सिनेवृत्तमा परिचय फैलाएका सेनसँग सो समयका चर्चित कलाकारहरू काम गर्न लालायित रहने गर्दथे।
यी बाहेक थप पाँच सिनेमा बनाइसकेपछि सेनले भारत सरकारको सानो सहयोग रकममा बनाएको ' भुवन शोम' सिनेमा बनाए जसले उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रियरूप ख्याती कमाइदियो र भारतका महानतम निर्देशकको रूपमा स्थापित गरायो।
उनको यो सिनेमाले भारतीय सिने उद्योगमा क्रान्ति ल्यायो। उनको यसै सिनेमाबाट भारतीय सिनेजगतमा 'नयाँ सिनेमा' वा 'समानान्तर सिनेमा'को नयाँ युग सुरू भएको मानिन्छ।
त्यसयता सेनले बनाएका सिनेमाहरू कुनै कुनै रूपमा राजनैतीकरूपमा प्रेरित भए। उनी माक्सवादी विचारधाराबाट प्रभावित थिए। उनी यहि धारका लागि चिनिए।
उनी बंगाली सिनेमाका त्रिमूर्ति निर्देशक मध्येका एक हुन्। यसमा उनीसँगै निर्देशकहरू क्रमशः सत्यजीत रे र ऋत्विक भट्टाचार्य पर्दछन्।