वर्षको अन्तिम रिलिज बनेको बलिउड सिनेमा 'सिम्बा'ले सय करोड भारूको आँकडा सजिलै पार गर्ने पक्का भएको छ। रणवीर सिंह, सारा अलि खान, सोनु सुद स्टारर सिनेमाले मंगलबारसम्म ९६.३५ करोड भारू कमाइ गरेपछि यस अवस्था आएको हो।
२८ डिसेम्बरमा रिलिज भएको सिनेमाले रिलिजको दिनमा २०.७२ करोड भारू कमाइ गरेको थियो जून यसै वर्ष रिलिज भएको 'पद्मावत' भन्दा बढि हो।
'पद्मावत'ले १९ करोड व्यापार गरेको थियो।
सोमबार २१.२४ करोड कमाइ गरेको सिनेमाले आउँदो शुक्रबार अर्को प्रतिष्पर्दी सिनेमा नभएकोले त्यसको भरपुर फाइदा उठाउने देखिएको छ।
सिनेमाले समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया बटुलेको छ बने दर्शकहरूले सिनेमा मनपराइरहेका छन्। सिनेमाको व्यापारिक प्रदर्शनबाट निर्मातामध?येका एक करण जोहरले आफ्नो निर्देशक रोहित शेट्टीसँगको सहकार्य सफल भएको बताएका छन्।
सामाजिक संजाल इन्स्टाग्राममा उनले रोहितसँगको सहकार्य आफ्नो जीवनके सर्वोत्कृष्ट अनुभव भएको लेखेका छन्।