बलिउड गायिका तथा इन्डियन आइडलकी निर्णायक नेहा कक्कड्ले आफू डिप्रेसनमा रहेको खुलासा गरेकी छिन्। शुक्रबार इन्स्टाग्रामबाट सोको खुलासा गरेकी हुन्।
उनले 'संसारका नकारात्मक मानिसहरूले सफलतापूर्वक आफूलाई आफ्नो जीवनका खत्तम दिनहरू दिएका कारण डिप्रेसनमा पुगेको उल्लेख गरेकी छन्।
नेहाको हालै प्रेमी तथा अभिनेता हिमाशं खोलीसँग प्रेमसम्बन्ध विच्छेद भएको छ। उनले कठिन समयसँग जुधिरहेकाले आफूलाई खुशीसाथ बाँच्न दिन अपिल गरेकी छन्।
ब्रेकअपका कारण नेहा केहि समय इन्डियन आइडलको कार्यक्रममै रोइएकी थिइन्। भारतीय संचारमाध्यका अनुसार नेहा हाल अत्याधिक पीडामा छिन्।
प्रेम विछोडबाट हतासिएकी नेहाले इन्स्टाग्राममा यस्तो लेखेकी छन्
म स्पष्ट पार्न चाहन्छु। यो एक वा दुई जनाको कारण नभइ सारा संसारका कारण भएको हो। उनीहरूले मलाई खुशीसाथ व्यक्तिगत जीवन बाँच्न दिइरहेका छैनन्। म र मेरो कामलाई माया गर्ने सबैप्रति कृतज्ञ छु। तर मलाई के भइरहेको छ भन्ने नबुझि मेराबारेमा जथाभावी टिप्पणी गर्ने र धारणा बनाउनेहरूलाई म मलाई खुशीसँग बाँच्न दिन आग्रह गर्दछु। कृपया कुरा नबुझी निर्णायक मत नराख्न म याचना गर्दछु। कृपया मलाई जिउन दिनुहोस्।'
केही समय पहिले इन्डियन आइडलमा नै रोएपछि नेहाले 'म सेलेब्रेटी भएकाले यस्तो लेख्नु उचित नभएको तर एउटा मानिसका रूपमा आज अति नै भयो, त्यसैले मैले आफ्नो भावनाहरू नियन्त्रण गर्न सकिन' भनेकी थिइन्।
यसकासाथै नेहाले सेलेब्रेटीहरूको दुईवटा अनुहार हुने भएकाले व्यक्तिगत जीवन जति नै खराब चलेपनि व्यवसायिक जीवनमा हाँसिरहेको पाउने बताएकी थिइन्।
यसैगरी उनलौ यस घटनापश्चात मानिसहरूले आआफ्नै धारणा बनाउने र आफ्नोबारेमा विभिन्न कुरा गर्न सुरू गर्ने बताउँदै त्यस्ता कुराहरू उनलाई सुन्ने बानी परेको जनाएकी थिइन्।