'जिरो'को वक्सअफिस असफलता भोगेका शाहरुख खानले अर्का बलिउड अभिनेता आमिर खानलाई धन्यवाद दिएका छन्।
उनले पहिलो भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित सिनेमा 'सारे जहाँ से अच्छा'का लागि आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिएका हुन्।
शाहरुख अघि सिनेमा आमिरले गर्ने तय भएको थियो तर उनी महत्वाकाक्षीं सिनेमा 'महाभारत'को निर्माणमा व्यस्त हुनेभएपछि सिनेमाबाट हात झिकेका थिए।
ठूलो बजेटमा बन्न यस सिनेमामा आफु नहुनेभएपछि सिनेमा निर्देशकलाई शाहरुखको नाम सिफारिस गरेका थिए। ततःपश्चात शाहरुख सिनेमा अनुबन्धित भएका हुन्।
सिनेमाको स्क्रिप्ट मनपरेको र एउटा राम्रो सिनेमाका लागि आफ्नो नाम लिएकोमा शाहरूखले आमिरलाई धन्यवाद दिएका हुन्।