ऋतिक रोशन स्टारर 'सुपर ३०'को रिलिज मिति घोषणा भएको छ। सिनेमा जुलाई २६ मा रिलिज हुने तय भएको छ।
शनिबार ट्वीट गर्दै ऋतिकले सोको जानकारी दिएका हुन्।
सिनेमा भारतीय गणितिज्ञ आनन्द कुमार तथा उनको कोचिङ कार्यक्रममा आधारित रहेको छ।
सिनेमाले आनन्दले ३० जना गरिब तथा जेहन्दार विद्यार्थीलाई 'इन्डियन पब्लिक सर्भिस' अफिसको तयारीका लागि गराएको कोचिङको सेरोफेरोमा सिनेमाको कथा रहेको छ।
सिनेमालाई विकाश बहलले निर्देशन गरेका हुन्।