चियान विक्रमको नयाँ सिनेमा 'कडराम कोनदन'को टिजर रिलिज भएको छ।
एक्सन ड्रमाको सार्वजनिक ट्रेलरमा विक्रमलाई एक गम्भिर एक्सन शैलीमा देखाइएको छ। सिनेमामा अक्षरा हसन प्रमुख महिलापात्रको रूपमा देखिने छिन्।
सिनेमामा उनले विक्रमसँग रोमान्स भने गर्ने छैनन्। सिनेमालाई राकेश एम सेल्भाले निर्देशन गरेका हुन्।
यसै वर्षको गर्मीमा सिनेमा रिलिज हुने जनाइएको छ।