टेलिभिजन हुँदै ठूलोपर्दामा आएका बलिउड अभिनेता सुशान्त राजपुत त्यस्ता अभिनेतामा पर्छन जसले परिश्रमको फल मिठो हुन्छ भनेर प्रमाणित गरेका छन्। उनले जुनकुनै परिदृश्यबाट आएपनि लगनशिलता र मेहेनतले लक्ष्य पाउन सकिन्छ भनेर देखाएका छन्। 'एमएस धोनी: द अन्टोल्ड स्टोरी'बाट चर्चा बटुलेका सुशान्तले यसबीच थुप्रै प्रशंसकहरू कमाइसकेका छन्। प्रशंसकहरूलाई आफ्ना प्रिय कलाकारका बारेमा थुप्रै जानकारी रहेको हुन्छ तर केहि यस्ता जानकारी भने उनीहरूबाट परै रहेको हुन्छ।
उनीबारेका त्यस्तै १० जानकारी यस्ता रहेका छन् :
१. उनले इन्जिनरिङ प्रवेश परिक्षा (एआइईईई)मा सातौं स्थान ल्याएका थिए। तत:पश्चात दिल्ली कलेज अफ इन्जिनरिङमा पढ्न थालेका उनले अन्तिम वर्षमा अभिनय लागि पढाइ छाडेका थिए।
२. आफ्नी आमाको देहान्त हुँदा सुशान्त १२ कक्षामा पढ्दै थिए। आमाको सम्झानामा उनले ट्याटु खोपेका छन्।
३. आफ्ना पाँच दाजु दिदीमा उनी कान्छा हुन्।
४. धेरैलाई उनी सम्यक डाबरका बिद्यार्ती हुन भनेर जानकारी छैन्। उनले थुप्रै अवार्ड कार्यक्रममा व्याकग्राउन्ड डान्सर बनेर काम गरेका छन्।
५. उनका धेरै प्रशंसकलाई उनले पहिले ब्रेक 'पवित्र रिश्ता'बाट पाएको ठान्छन् तर उनले 'किस देश मे हे मेरा दिल'बाट पहिलोपटक ब्रेक पाएका थिए।
६. सुशान्त पर्दामा अंकिता लोखन्डेसँगको रोमान्सका लागि परिचित रहे पनि उनी वास्तविक जीवनमा पनि अंकितासँग रोमान्स गरिरहेका थिए। 'पवित्र रिश्ता'बाट दुबैको रोमान्स सुरू भएको थिए जुन च वर्षपछि सन् २०१६ मा टुङ्गियो।
७. धेरैलाई कमै थाहा भएको सुशान्तको तथ्य भनेको उनले निर्देशक मोहित सुरूसँग 'राज २'मा उनको सहायक भएर काम गरेका थिए।
८. एमएस धोनी: द अन्टोल्ड स्टोरी'का उनले प्रतिदिन २२५ पटक हेलिकप्टर सटको अभ्यास गर्थे जसको परिणाम सिनेमाको पर्दामा देख्न सकिन्छ।
९. 'एमएस धोनी: द अन्टोल्ड स्टोरी'का लागि उनले डेढ वर्षको तयारी गरेका थिए।
१०. उनी गाडीका सौखिन हुन्। उनीसँग एक बिएमडब्लु र रेन्जरोभर गाडी रहेको छ।