बलिउड अभिनेता आमिर खानले दर्शकलाई कुनै पनि सिनेमाप्रति कठोर हुने पूरा अधिकार भएको जनाएका छन्। उनले 'ठग्स अफ हिन्दोस्तान'को असफलतामा मानिसहरूले रिस फेर्ने मौका पाएको बताए।
लामो समयदेखी फ्लप सिनेमा नदिएकाले मानिसहरूले रिस फेर्ने मौका पाएको उनको भनाइ छ।
'मैले लामो समयदेखि फ्लप सिनेमा दिएको थिइन। त्यसकारण मानिसहरूले यसपटक आफ्नो रिस फेर्ने मौका पाए। यो राम्रो पनि हो। वर्षौं भइसकेको थियो मैले असफलता नभोगेको', आमिरले भने।
दिपावलीमा रिलिज भएको आमिर तथा अमिताभ बच्चन अभिनित सिनेमा गत वर्षको सर्वाधिक निराशाजनक सावित भएको थियो। सिनेमाले सर्वाधिक आलोचना खेपेको थियो।
उनले सिनेमालाई लिएर निर्देशकको बचाउ पनि गरेका छन्।
'प्रत्येक निर्देशक जोसँग मैले काम गरें उनीहरूको नियत सँधै राम्रो थियो। हामी सबै राम्रो सिनेमा बनाउन लक्षित हुन्छौं तर कहिलेकाहिँ त्यस्तो हुँदैन्। सिनेमा बनाउनु गार्हो काम हो। म टिमको एउटा खेलाडी हो। यदि मेरा निर्देशक गलत छन् भने म पनि ऊसँगै गलत छु', एक साक्षात्कारमा आमिरले भने।
उनले गल्तीबाट सिक्ने गरेको पनि बताए।