कंगना रनावत निर्मित, निर्देशित तथा अभिनित 'मणिकर्णीका: द क्वीन अफ झाँसी'ले वक्सअफिसमा गतिलो सुरूवात गरेको छ। सिनेमाले रिलिजको तीन दिनमा ४२.५५ करोड भारू कमाइ गरेको छ। यो भारतको घरेलु वक्सअफिसको कमाइ हो।
भारतका बलिउड व्यापार विश्लेषकहरूले यो व्यापारलाई गतिलो सुरूवात भनेका छन्। रिलिजको दिन सिनेमाले ८.७५ करोड भारू कमाइ गरेको थियो भने शनिबार र आइतबार सो व्यापारमा बढोत्तरी गर्दै १८.१० करोड तथा १५.७० करोड भारू कमाइ गर्यो।
सिनेमाले समिक्षकबाट मिश्रित प्रतिक्रिया बटुलेको छ। सिनेमाले दर्शकहरूबाट भने राम्रो प्रतिक्रिया बटुलेको भारतिय संचारमाध्यमले जनाएका छन्।
सिनेमाले व्यापरको यो लयलाई कायम राख्ने बताइएको छ।
सिनेमामा कंगना शीर्ष भूमिकामा रहेकी छन् । उनका अलावा सिनेमामा डेनी डेङजोङ्पा, अतुल कुलकर्णी, सुरेश ओवरोय तथा अंकिता लोखण्डेले अभिनय गरेका छन्।