गत वर्ष 'केदारनाथ'बाट बलिउडमा डेब्यू गरेकी सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले डेब्यू सिनेमाबाट दर्शकको मन त जितिन् नै यसका अलावा मिडियासँग सहज र खुल्ला शैलीमा दिने अन्तरवार्ताले पनि मानिसहरूको मन जित्दै आएकी छन्।
उनी कुनै पनि विषयमा खुलेर कुरा गर्छिन्। हालै 'फिल्मफेयर'को एक वेव शोलाई दिएको अन्तरवार्तामा उनले एकजनासँग डेट गरेको खुलासा गरेकी छन्। उनले डेट गरेको मात्र नभई, डेट गएको व्यक्तिको नाम पनि सार्वजनिक गरेकी छन्।
उनले भारतको महाराष्ट्र राज्यका पूर्व मुख्यमन्त्री सुशिल कुमार सिन्धेका नाती वीर पहारियासँग कुनै समय डेट गरेको खुलासा गरेकी हुन्।
'मैले डेट गरेको एकमात्र व्यक्ति ऊ मात्रै हो', साराले भनिन्, 'मेरो जीवनमा उसको अलावा अरू व्वाइफ्रेण्ड भएनन्।'

त्यसैगरी साराले हाल आफू सिंगल रहेको स्पष्ट पारिन्।
उनले कसम खाँदै डेट गरेको भएपनि हालसम्म प्रेमका कारण मुटु नटुटेको पनि बताइन्। कुनै समय उनको नाम अनिल कपुरका छोरा हर्षवर्धन कपुरसँग पनि जोडिएको थियो।
गत वर्ष 'केदारनाथ' र 'सिम्बा'मा देखिएकी साराको 'लभ आज कल २'को लागि कुराकानी चलिरहेको छ। सिनेमामा उनले कार्तिक आर्यनसँग रोमान्स गर्ने सम्भावना छ। सिनेमामा उनका बाबु सैफले पनि अभिनय गर्ने बताइएको छ।