'बागी'को तेश्रो श्रृखंलामा टाइगर श्राफ र श्रद्धा कपुरको जोडी पुन: देखिने भएको छ। यो जोडी सिनेमाको दोश्रो सिक्वलमा एकसाथ देखिएको थिएन। दोश्रो सिक्वलमा टाइगरकी प्रेमीकाका रूपमा चिनिएकी दिशा पटानीले काम गरेकी थिइन।
यस सिनेमामा श्रद्धाले पनि एक्सन गर्ने मुम्बई मिररले आफ्नो समाचारमा उल्लेख गरेको छ।
श्रद्धा हाल प्रभाससँगको 'साहो'मा र वरूणसँग 'स्ट्रिट डान्स' सिनेमामा व्यस्त छिन्। यी दुबै सिनेमाको काम सकेपछि उनी 'बागी ३'का लागि उपलब्ध हुनेछिन्।
'बागी ३ ' आगामी वर्ष मार्च ६ मा रिलिज हुनेछ। यस एक्सन सिरिजको पहिलो सिनेमा सन् २०१६ मा रिलिज भएको थियो भने दोश्रो श्रृखंला गत वर्ष रिलिज भएको थियो।
सिनेमामा श्रद्धा र टाइगरको जोडीले दर्शकलाइ आकर्षित गर्ने अनुमान गरिएको छ।