मंगलबारबाट बलिउड अभिनेता अजय देवगन ५० वर्ष लागेका छन्।
अजय ५० पुगेको अवसरमा उनकी पत्नी एवम् अभिनेत्री काजोलले एउटा प्रेमिल सन्देश लेख्दै आफूलाई अजय आजकल ‘ज्यादा ह्याण्डस’ लाग्ने लेखेकी छन्।
इन्स्टाग्राममा अजय र आफ्नो पोस्ट गर्दै काजोलले यस्तो लेखेकी हुन्।उनले अजय ‘अत्यन्त गम्भिर पति’ भएको जनाएकी छिन्।

‘मेरा ड्यासिङ् दिलदार र अत्याधिक गम्भिर पतिलाई जन्मदिनको धेरै बधाईं। म पनि धेरै गंभिर अन्दाजमा तपाईंलाई जन्मदिन र आगामी सालको शुभकामना दिदैंछु र मलाई के लाग्छ भने ५० को उमेरमा अरू कमालको हुनुभएको छ’, इन्स्टामा काजोलले लेखेकी छिन्।
काजोल र अजयले केहि समयपछिको प्रेमपछि सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका न्यासा र युग नामका एक छोरी र छोरा रहेका छन्।
अजयको ‘दे दे पयार दे’ रिलिजका क्रममा रहेको छ। जन्मदिनको अवसर पारेर उनले सिनेमाको ट्रेलर सार्वजनिक गरेका छन्।