भारतको मुम्बई प्रहरीले टेलिभिजन अभिनेता एवं गायक करण ओवरोयमाथि बलात्कारको झुटो आरोप लगाउने महिलालाई पक्राउ गरेको छ।
करणलाई ती महिलाले मे ६ मा बलात्कार तथा ब्ल्याकमेल गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका करणलाई अदालतले ६ जुनमा जमानतमा रिहा गरेको थियो।
मुम्बई प्रहरीले ती महिला पक्राउ गरेको पुष्टि गरेको छ। प्रहरीले ती महिलालाई झुटो उजुरी दिएको र आफैमाथि हमलाको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी ती महिलाले गत २५ जुनमा मोटरसाइकलमा आएका दुई जनाले आफूमाथि हमला गरेको र करणमाथि लगाइएको आरोप फिर्ता लिन धम्की दिएको बताएकी थिइन। सो समयमा उनले आफूमाथि एसिड हान्ने असफल प्रयासमसेत भएको जनाएकी थिइन्।
प्रहरीले सो उजुरीका आधारमा केहि दिनपछि दुई व्यक्तिलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि पक्राउ परेका मध्ये एक ती महिलाका वकिलका नातेदार रहेको खुलासा भएको थियो।
पक्राउ परेका ती दुबै व्यक्तिले महिलाको योजनामा सो नियोजित हमला गरिएको र त्यसका लागि आफूहरूलाई १० हजार भारू दिएको बताएका थिए।