बलिउड अभिनेता आमिर खानले मुम्बई स्थित आफ्नो निवास नजिकै ३५ करोड भारू बराबरको अफिस किनेका छन्।
उनले ९ हजार स्क्वायर युनिट क्षेत्रको अफिसका लागि सो रकम खर्चेका हुन्।
उनले सान्टा क्रूज क्षेत्रमा ३७ हजार ८ सय ५० रूपैयाँको दरले ४ युनिट अफिस किनेका हुन्। जसमध्ये ३ युनिट दोश्रो तल्लामा छन् भने चौथो युनिट तेश्रो तल्लामा छ। उनले त्यसबापत २.१ करोडको राजश्व सरकारलाई तिरेका छन्।
सो अफिसको उनको आमिर खान प्रोडक्सन प्राइभेट लिमिटेडको नाममा किनेका हुन्।