शुक्रबार रिलिज भएको अभिनेता शाहिद कपुर स्टारर 'कबीर सिंह'ले वक्स अफिसमा गतिलो सुरूवात गरेको छ।
'बत्ती गुल मिटर चालु' बाट फ्लपको नियति भोगेका शाहिदले नयाँ सिनेमाबाट सुखद् टिप्पणीसमेत पाएका छन्।
यससँगै शाहिदको यो सिनेमा रिलिजको दिनमा सर्वाधिक व्यापार गर्ने सिनेमा बनेको हो। सिनेमाले 'पद्मावत'को व्यापारलाई पनि उछिनेको भारतीय संचारमाध्यमले जनाएका छन्।
वक्स अफिस इण्डियाको रिपोर्ट अनुसार सिनेमाले २०.२१ करोड भारूको नेट कमाइ गरेको छ। यो कमाइसँगै सिनेमा यस वर्षको सर्वाधिक दोश्रो ठूलो सुरूवाती व्यापार गर्ने सिनेमा बनेको छ। सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गरेको छ।
शाहिद अभिनित 'पद्मावत'ले रिलिजको पहिलो दिन १८.२१ करोड भारूको कमाइ गरेको थियो जबकी सिनेमामा शाहिद सोलो हिरो थिएनन्।
'कबीर सिंह' सन् २०१७ मा रिलिज भएको तेलेगु सिनेमा 'अर्जुन रेड्डी'को हिन्दी रिमेक हो।
सिनेमामा शाहिदका अलावा कियारा आडवाणी, सोहम मजुमदार, अर्जन वावेजा आदिको मूख्य भूमिका रहेको छ।