बलिउड अभिनेता आमिर खानले अभिनेत्री करिना कपुरसँग तेश्रो पटक काम गर्ने पक्का भएको छ।
आमिरको आगामी सिनेमा 'लाल सिंह चड्ढा'मा करिनाले अभिनय तय भएपछि यस्तो भएको हो।
दुबैले यसअघि 'तलाश' र 'थ्री इडियट्स'मा काम गरेका थिए।
करिना हाल 'अंग्रेजी मिडियम'को सुटिङमा व्यस्त छिन्। योसँगै उनी एक टिभी कार्यक्रममा समेत काम गरिरहेकी छिन्। सो टिभी र सिनेमाको काम सकिने बितिकै उनी 'लाल सिंह चड्ढा'को काममा व्यस्त हुने जनाइएको छ।
आमिरको यो सिनेमा हलिउड सिनेमा 'फरेस्ट गम्प'को हिन्दी रिमेक हो।