बलिउड निर्देशक अनुराग कश्यपले सात वर्ष अघि रिलिज भएको आफू निर्देशित 'ग्याङ्स अफ वासेपुर'ले आफ्नो जीवन बर्बाद पारेको बताएका छन्।
'आजभन्दा ठीक सात वर्ष पहिला मेरो जिन्दगी बर्बाद भएको थियो। त्यो बेला सबै जना म त्यही एउटा कुरा बारबार गरोस् चाहन्थे जबकी म त्यो कुराबाट भाग्ने असफल प्रयास गरिरहेको छु। आशा छ, सन् २०१९ को अन्त्यसम्म मेरो साढे सातको दशा सकिनेछ', अनुरागले भने।
सात वर्ष अघि रिलिज भएको सो सिनेमाले १० करोड भारू माथिको कमाइ गरेको थियो।अनुरागले अब छिट्टै नयाँ कम्पनीमार्फत सिनेमा निर्माण गर्ने जनाएका छन्।