बलिउडमा पृथ्वी राज कपुरको परिवारले उनी यता निरन्तर योगदान दिदैं आएको छ।
बलिउडले उनको कपुर खानदानबाट एक से एक सुपरस्टार पाएको छ। कपुर खानदानमा छोरी र बुहारीलाई सिनेमा गर्न बर्जित थियो।
त्यसै कारणले गर्दा आफ्नो जमानाका सुपरहिट अभिनेत्रीहरू नितु कपुर र बबिता कपुरले विवाहपछि सिनेमाबाट बिदा लिए।
छोरीहरूलाई सिनेमामा आउन त्यसअघि ने छुट थिएन तर यो सिलसिलालाई करिष्मा कपुरले तोडिन र सिनेमामा आइन। उनको यस निर्णयमा आमा बबिताको साथ थियो भने पिता रणधीर कपुरको असन्तुष्टि थियो।
उनी आफ्नो पिताका कारण रोकिइनन्, अगाडि बढिन र आफूलाई प्रमाणित गर्दै कपुर खानदानका छोरीहरू छोराहरू भन्दा कम छैनन् भन्ने प्रमाणित गरिन।
उनको विद्रोहले बहिनी करिनालाई समेत सिनेमामा आउने बाटो खुल्यो। दुबै दिदी बहिनी बलिउडमा अभिनेत्रीको चर्चा हुँदा आज नछुट्ने नाम भइसकेका छन्।
करिष्माको जन्म २५ जुन सन् १९७४ मा मुम्बईमा भएको थियो।
उनी मात्र १७ वर्षको उमेरमा बलिउडमा आएकी थिइन्। बाबु रणधीर र आमा बबिताको खटपटले परिवार छुट्टिएपछि करिष्मा आफ्नो पारिवारिक परम्परा तोड्दै सिनेमामा आएकी थिइन। यसमा उनलाई आमा बबिताको दरिलो समर्थन थियो।
उनले सन् १९९१ मा पारिवारिक जिम्मेवारी आफूले लिदैं सन् १९९१ मा 'प्रेम कैदी' बाट हरीश कुमारको जोडी बनेर डेब्यू गरिन्। सिनेमा खासै चलेन तर करिष्माले कपुर खानदानकी पहिलो अभिनेत्री छोरीका रूपमा राम्रै चर्चा बटुलिन्।
त्यसपछि ९० दशकमा करिष्माको राज चल्यो।
करिष्माले आफ्नो करियरमा दर्जनौं हिट दिएकी छन्। 'राजा हिन्दुस्तानी', 'कुली नम्बर १', अनारी', 'दिल तो पागल हे', 'बिबी नम्बर वान', 'हिरो नम्बर वान', 'हम साथ साथ है' आदि उनका चर्चित सिनेमा हुन्।
आज करिष्मा ४५ औं जन्मदिन मनाउँदै छिन्। यो उमेरमा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन। फिटनेसमा खास दिने करिष्माको आज सिनेमामा उस्तो सक्रियता त छैन तर सात वर्षपछि उनी एकता कपुरको वेव सिरिजबाट पुनः अभिनयमा फर्किदैं छिन्।
अभिषेक बच्चनसँगको लामो प्रेम प्रसंग विवाहको नजिक पुगेर टुङ्गिएपछि करिष्माले व्यवसायी संजय कपुरसँग विवाह गरिन। हाल उनका दुई छोरा छन्। हाल दुबै अलग भइसकेका छन्।