शाहिद कपुर स्टाटरर 'कबीर सिंह'ले वक्सअफिसमा गतिलो कमाइ गरिरहेको छ।
सिनेमामा शाहिदको कामलाई लिएर एकातीर प्रशंसा भइरहेको छ बने अर्कोतीर सिनेमालाई लिएर उठिरहेका विवाद पनि कम छैनन्।
पछिल्लो जानकारी अनुसार सिनेमा विरूद्ध मुम्बईका एक डाक्टरले सिनेमा निर्माताहरू विरूद्ध उजुरी दिदैं सिनेमाको प्रदर्शन रोक्न माग गरेका छन्।
सिनेमामा शाहिद एक जडिया डक्टरको भूमिकामा छन्।
ती उजुरीकर्ता डाक्टरले सिनेमामा डाक्टरलाई गलत तरिकाले पेस गरिएको दाबी गरेका छन्। ती डाक्टरले मुम्बई प्रहरीसँगै केन्द्रिय स्वास्थ्य मन्त्री, सूचना तथा प्रसारण मन्त्रालय, राज्य स्वास्थ्य मन्त्रालय तथा सेन्सर बोर्डलाई समेत चिठ्ठओ लेख्दै सिनेमा रोक्न अनुरोध गरेका छन्।
सिनेमाले ८८.३७ करोड भारूको कमाइ गरिसकेको छ। सिनेमाले यसै साता सय करोडको आँकडा पार गर्ने अनुमान छ।