सलमान खान तथा क्याटरिना कैफ स्टारर 'भारत'ले विश्वव्यापीरूपमा ३२५ करोडको कमाइ गरेको छ। सिनेमाको आधिकारिक ट्वीटर एकाउन्टबाट यसको जानकारी दिइएको हो।
रिलिज पश्चात भारतमा सिनेमाले मिश्रित प्रतिक्रिया पाएको थियो। कमाइको मामिलामा 'भारत'ले सलमानका यसअघिका सिनेमाको कीर्तिमानसमेत तोडेको छ।
सिनेमाले रिलिजको दिन सर्वाधिक कमाइ गर्ने सिनेमाको रेकर्ड तोडेको हो। 'भारत'अघि सलमानको 'प्रेम रतन धन पायो'ले रिलिजको पहिलो दिन ४०.३५ करोड भारू कमाएको थियो।
सिनेमा संसारभरका ७० देशका १३०० पर्दामा रिलिज भएको थियो। सिनेमालाई अली अब्बास जफरले निर्देशन गरेका हुन्।
सिनेमाले भारतमा रिलिजको १५ औं दिनमा २०० करोडको आँकडा पार गरेको थियो।