बलिउडमा 'दंगल गर्ल' नामबाट परिचित जायरा वसीमले सिनेमाबाट सन्यासको घोषणा गरेकी छन्। आइतबार बिहान उनले सो घोषणा गरेकी हुन्। सामाजिक संजाल इन्स्टाग्रामबाट यसको जानकारी दिएकी हुन्।
उनले लेखेको पोस्टबाट उनले धार्मिक कारणले सिनेमा छाडेको स्पष्ट हुन्छ।
'५ वर्ष अगाडि मैले गरेको निर्णयले मेरो जीन्दगी बदलिदियो। मैले बलिउडमा पाइला राखे। यो यात्रा थकाउने किसिमको थियो। यी पाँच वर्षमा म मेरो अन्तरआत्मासँग लडिरहें। छोटो जीन्दगीमा यति लामो लडाईं लडिरहन सक्दिन। त्यसैले म यो क्षेत्रबाट नाता तोड्छु। मैले एकदमै सोच विचार गरेको यो निर्णय गरेको हुँ', पोस्टमा उनले लेखेकी छन्।
‘यो क्षेत्रलाई म पनि माया, समर्थन गर्छु । यो क्षेत्र मेरो जीवनको सहारा बनेको छ तर यसले मलाई अज्ञानको बाटो तिर मोडेको छ । किनकी म चुपचाप थाहै नपाई आफ्नो धर्मबाट बाहिर आउन थालेको छु । मैले यस्तो वातावरणमा काम गरेको छु । जसले मेरो इमानलाई हस्तक्षेप गर्छ । मेरो धर्मको लागि निकै खत्तरा बढेको छ।’
सन् २०१६ मा उनी आमिर खानको 'दंगल'बाट डेब्यू भएकी हुन्। सो सिनेमाबाट उनले राष्ट्रिय पुरस्कारसमेत जितिन। जायराले सो सिनेमामा कुस्तीवाज गिता फगटको बच्चा बेलाको भूमिकामा अभिनय गरेकी थिइन्। सोही भूमिका लागि उनलाई सह अभिनेत्रीतर्फको राष्ट्रिय पुरस्कार दिइएको थियो।
'दंगल" उनले आमिरको 'सिक्रेट सुपरस्टार'मा समेत काम गरेकी छन्। सो सिनेमाबाट उनले फिल्म फेयरको क्रिटिक्स अवार्ड जितेकी थिइन्। यी अवार्डाक अलावा उनले अन्य थुप्रै अवार्डसमेत जितेकी छन्।
छिट्टै उनी अभिनित 'स्काई इज पिंक' रिलिज हुँदैछ। यस सिनेमामा उनी प्रियंका चोपडाको छोरी बनेकी छन्,। सिनेमामा फरहान अख्तरको पनि मूख्य भूमिकामा छ।