हालका दिनहरूमा कंगना रनौट आफ्नो नयाँ सिनेमा 'जजमेन्टल हे क्या'को प्रचारमा व्यस्त रहेकी छिन्।
बोल्ड अभिव्यक्तिका कारन चर्चामा आइरहने कंगना पछिल्लो समय आफ्नी बहिनी रंगोली चन्डेलका कारण पनि चर्चा र विवादमा तानिरहन्छिन्।
उनी बहिनी रंगोली ट्वीटरमा आफ्नी दिदी जस्तै कडा अभिव्यक्ति दिन परिचित छिन्। उनको ट्वीटले मिडियामा समेत राम्रो स्थान पाउने गरेको छ।
यस्तैमा आइतबार कंगना आफ्नो सिनेमाको गीत सार्वजनिक कार्यक्रममा उपस्थित पत्रकारसँग नै भिडिन्।
सो कार्यक्रममा कंगनाले पत्रकारहरूले आफूविरूद्ध जानाजान लेख्ने गरेको आरोप लगाइन्।
कंगनाका अनुसार त्यसले उनको बदनाम भइरहेको बताइन। उनले त्यसक्रममा जुन पत्रकारले उनीविरूद्ध लेखे त्यो पत्रकारलाई उनले घण्टौं अन्तरवार्ता दिएको र लन्चसमेत खाएको बताइन।
कंगनाले यो आरोप त्यहाँ उपस्थित रहेका एक पत्रकारलाई लगाएकी थिइन्।
कंगनाले आरोप लगाएपछि ती पत्रकारले कंगनासँग आधा घण्टाको अन्तरवार्ता लिएको तर कहिले पनि कंगनालाई फोन तथा म्यासेज नगरेको बताए। उनले सो अन्तरवार्तासमेत कंगनाको पब्लिक रिलेसनको माध्यमबाट गरेको जवाफ फर्काएका थिए। त्यसपछि दुबैबीच विवाद भयो।
यसरी दुबैबीच भएको सवालजवाफलाई रोक्न कार्यक्रम प्रस्तोता आए तर उपस्थिति मिडियाकर्मी आक्रोशित बनेका थिए।
माहोल बिग्रन थालेपछि सिनेमाकी निर्मात्री एकता कपुर तथा अभिनेता राजकुमार रावले विवादलाई मत्थर गर्नुपरेको थियो। उनीहरूले माहोल मत्थर गरे पनि कंगना भने रोकिन खोजिनन्।