आमिर खानले 'महाभारत'लाई सिनेमा बनाउने चर्चाका बीच बलिउडका ३ चर्चित निर्माताले अर्को हिन्दु महाकाब्य 'रामायण'माथि सिनेमा बनाउने घोषणा गरेका छन्।
बलिउड समिक्षक तथा बजार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै यसको पुष्टि गरेका हुन्।
३ भागमा निर्माण हुने महाकाव्यलाई अल्लु अरबिन्द, मधु मनतेना तथा नमित मलहोत्राले निर्माण गर्न लागेको हुन्।
यसैगरी सिनेमालाई दुई निर्देशकले निर्देशन गर्ने तय भएको छ। 'दंगल' निर्देशक नितेश तिवारी तथा 'मम' निर्देशक रवि उदयवारले संयूक्तरूपमा निर्देशन गर्नेछन्।
थ्री डि प्रविधिमा निर्माण हुने सिनेमालाई हिन्दी, तमिल र तेलेगु गरी ३ भाषामा रिलिज गरिने उक्त ट्वीटमा उल्लेख छ।
सिनेमामा बलिउड, तमिल तथा तेलेगु सिनेमाका कलाकारहरूको अभिनय रहनेछ। सिनेमा सन् २०२१ मा रिलिज हुनेछ।