ऋतिक रोशन स्टारर 'सुपर ३०'ले वक्सअफिसमा सुखद सुरूवात गरेको छ।
रिलिजको दिन शुक्रबार ११.८३ करोड भारू कमाइ गरेको सिनेमाले घरेलु बजारमा शनिबार आफ्नो व्यापारमा ५० प्रतिशतले वृद्धि गरेको छ।
सिनेमाले शनिबार १८ करोडको करिब व्यापार गरेको छ। सिनेमाको यो कमाइ ऋतिकको पछिल्लो रिलिज 'काबिल' भन्दा राम्रो हो।
'सुपर ३०'को दुई दिने कमाइ ३० करोड भएको छ। आइतबार बिदाको दिन भएकाले सिनेमाले अझ राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ।
विकास बेहल निर्देशित सिनेमामा मृणाल ठाकुर, आदित्य श्रीवास्तव तथा पंकज त्रिपाठीको मूख्य अभिनय रहेको छ।