बलिउड अभिनेत्री क्यारिना कैफ आजबाट ३६ वर्ष लागेकी छन्। यस वर्षको जन्मदिन उनले यतिबेला आफ्ना निकटस्थ र परिवारसँग मेक्सिकोमा मनाइरहेकी छिन्।
बितेका केहि वर्षमा अभिनेत्रीका हिसाबले उनको करियर, सुन्दरता कायमै रहेको छ भने अभिनयमा पनि सुधार हुँदै गएको छ। उनी क्याटरिनाका जीवनका केहि सत्यहरू यस्ता छन्।
डेब्यू सिनेमा फ्लप भएको थियो।
सुपर मोडलका रूपमा परिचित रहेकी क्याटरिनाले सन् २००३ मा 'बुम' सिनेमाबाट बलिउडमा डेब्यू गरिन। सो सिनेमामा उनले अमिताभ बच्चन, ज्याकी श्राफ तथा गुलसन ग्रोबर जस्ता अभिनेतासँग स्क्रिन साझा गर्ने अवसर पाइन। सिनेमा रिलिज भयो तर वक्सअफिसमा फ्लप भयो।
सिनेमा रिलिज अगावै लिक भएर छ्यापछ्याप्ती भइसकेको थियो। पहिलो सिनेमा फ्लप भएपनि त्यसपछि भने उनले खासै फ्लप सिनेमाको सामना गर्नुपरेको छैन। उनले बलिउडका अलावा तेलेगु तथा मलयालम सिनेमामा काम गरिन्।
ती सिनेमाबाट उनलाई सफलता नै मिल्यो। आजकल उनी बलिउडका सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्रीमा समेल भइसकेकी छन्।
उनले सन् २००९ मा 'न्यूयोर्क' सिनेमाका लागि फिल्मफेयरमा सर्वश्रेष्ठ अभिनेत्रीको मनोनयनमा परिन्। त्यसपछि उनको करियरले नयाँ मोड लिन थाल्यो। त्यसपछि उनले 'राजनीति', 'जीन्दगी ना मिलेगी दोबारा', 'मेरे ब्रदरकी दुल्हन', 'पार्टनर' तथा एक था टाइगर' जस्ता हिट सिनेमा दिइन्।
करियका साथै उनको नीजि जीवन त्यसमा पनि प्रेम जीवनले पनि उनलाई चर्चा दिलाइराख्यो। प्रेममा खासै भाग्यमानी सावित नभएकी क्याटरिनाको पहिले सलमान खान र त्यसपछि रणवीर कपुरसँगको प्रेमले विशेष चर्चा बटुल्यो।
रणविरसँगको प्रेमविछोडले उनलाई खासै राम्रो गरेन। हाल सिङ्गल नै रहेकी क्याटरिनालाई करियरमा सलमानको साथ सहयोगले सँधै भरथेग गर्दै आइरहेको छ।
यसै वर्ष सलमानसँग 'भारत'मा काम गरेकी क्याटरिना फेरि एकपटक राम्रा ब्यानर निर्देशको सिनेमामा व्यस्त हुन थालेकी छन्। पछिल्लोपटक उनले अक्ष्य कुमारसँग 'सूर्यवंशी' सिनेमामा काम गरेकी छिन्।